झापा गौरादह/ यस्ता छन् माछा गर्दा ध्यान पुर्याउनु पर्ने कुरा
झापा जिल्लाको गौरादह नगरपालिका लाई सरकारले मत्स्य पालन पकेट क्षेत्र घोषणा गरेको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/ ७७ का लागि नेपाल सरकारबाट ९० लाख रुपैयाँ प्राप्त हुने बताइएको छ ।
पकेट कार्यक्रम सञ्चालन अन्तर्गत नगरपालिकाले नयाँ पोखरी निर्माण, पोखरी मर्मत, मत्स्यपालन तालिम सञ्चालन, उन्नत जातका माछाका भुरा बितरण लगायत कार्यक्रममा कृषकलाई अनुदान प्रदान गर्ने वडा नं. १ का वडाधक्ष्य तथा नगर प्रबक्ता नगेन्द्र भण्डारीले ओमकार टाइम्सलाई बताए ।
मत्स्य पालन व्यवसायको लागि निकै राम्रो गन्तब्य मानिएको यस नगरपालिकामा ठुला आकारमा माछा पालन व्यवसायीहरु समेत आकर्षित हुँन थालेको पाइन्छ ।
कृषि क्षेत्रमा बलियोबलियो फड्को मार्दै अगाडि बढेको यो नगरपालिकामा मुलुकका विभिन्न क्षेत्रमा रहेर मत्स्यपालनपालन व्यवसायको अनुभव हासिल गरेका ठुला तथा मझौला कृषकहरुको ध्यानाकर्षण गराइ गौरादहलाइ मत्स्यपालनको बलियो क्षेत्रको रूपमा विकास गर्न सकिने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् ।
यो पनि पढ्नुहोस् ।
माछा पालन गर्ने सोचमा हुनुहुन्छ ?
माछा पानीमा बस्ने एक प्रकारको जलचर प्राणी हो। माछा ले आफ्नो सन्तानको हेरचाह गर्दैन यसले पानीमै फूल पार्ने पानीमै बच्चा कोर्लन्ने गर्दछ । माछा नेपालमा १८५ प्रजातीका पाइन्छन् ।
माछा पोखरी कत्रो साइजको बनाउनु पर्दछ :
नर्सरी पोखरी ०.०२-०.०६ हेक्टर
रियरिङ पोखरी ०.०६-०.२ हेक्टर
उत्पादन पोखरीको ०.२-१.० हेक्टर
डीलको चौर्डाई ५ मिटर भन्दा कम राख्नु पर्दछ ।
माछापालनको लागि पानीको गहिराइ कती हुनु पर्दछ :
कार्प जातीका माछा पालनको लागि पानीको गहिराइ १.२ देखि १.५ मिटर हुनु पर्दछ ।
माछा पोखरीको लागि कस्तो माटो उपयुक्त हुन्छ :
चिम्टयाइलो दोमट माटो माछा पोखरीको लागि सबै भन्दा राम्रो माटो हो ।
माछापालनको लागि पानीको तापक्रम कती चाहिन्छ :
कार्प माछाहरु न्यानो पानीमा राम्ररी हुर्कन्छन ।
यि माछाको बृद्धिको लागि २२-३२ डिग्री सेन्टिग्रेड सम्मको पानीको तापक्रम उपयुक्त मानिन्छ ।
६ महिना भन्दा कम समय यो तापक्रम उपलब्ध नहुने क्षेत्रका लागि कार्प माछा पालन त्यति फाइदाजनक हुदैन ।
पोखरीमा माछा भुरा राख्नु भन्दा अगाडी के कस्तो तयारी गर्नुपर्छ :
पोखरी एक हप्ता सम्म राम्ररी सुकाउने ।
झारपातहरु सबै उखेलेर सफा गर्ने ।
पोखरीमा १५ देखि २० के. जी॰ प्रति कठ्ठाको दरले चुन र्छकने ।
पोखरीमा १ मिटर सम्म सफा पानी भर्ने ।
७० देखि १०० के. जी. प्रति कठ्ठाको दरले गोबर मल हाल्ने ।
यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिन सम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
नेपालको तर्राईमा पालनको लागि उपयुक्त माछाका जातहरु के-के हुन् :
कार्प जातको – कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, विगहेड कार्प, रोहु, नैनी, भाकुरा ।
अन्य जातको – टिलापिया, मागुर, पंगास, आदि माछाहरु ।
पोखरीमा चुना कहिले र कति मात्रामा हाल्नु पर्दछ
पोखरीमा चुना र्छर्ने काम पानी भर्नु भन्दा करिब एक साता पहिले गर्नु बेस हुन्छ ।
पोखरीको माटोको पि. एच. जाँच गरेर चुनाको मात्रा निर्धारण गर्नु पर्छ ।
सामान्यतया एक कठ्ठाको पोखरीमा १५ किलोको दरले चुना हाल्नु पर्दछ ।
पोखरीमा मलखाद कहिले र कति मात्रामा हाल्नु पर्दछ :
पोखरीमा भुरा छाड्नु भन्दा एक हप्ता अगावैमल राख्नु पर्दछ ।
हरेक हप्ता प्रति कठ्ठा ०.८ के.जी.डि ए पी, १.२ के.जी. युरिया र ६० के. जी.पाकेको गोबर मल राख्नु पर्दछ ।
कार्प माछाको लागि कस्तो दाना खुवाउनु पर्छ :
भुरा माछा र खाने माछाको लागि क्रमशः ३० र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।
ढुटो र पीना आधि-आधि मिसाउँदा लगभग २० प्रतिशत प्रोटिन भएको दाना बन्दछ ।
बजारमा पाइने पेलेट दाना केहि महंगो भएता पनि किफायती हुन्छ ।
ग्रासकार्प माछाले के-के घाँसहरु खान्छ :
केराको पात, किम्बुको पात, इपिल इपिलको पात तथा अन्य कलिलो पात हुने घाँसहरु ।
पोखरीमा जङ्गली माछा मार्न के प्रयोग गर्नु पर्दछ :
जङ्गली माछा मार्न मत्स्य विषको रुपमा आमोनियम सल्फेट १२.५ कि. ग्रा. प्रति कठ्ठा र चुना ६५.५ कि.ग्रा.प्रति कठ्ठा प्रयोग गर्नु पर्दछ ।
माछापोखरीमा कति भुरा हाल्नु पर्दछ :
एक हेक्टरको पोखरीमा ३ देखि ४ इन्च साइजका १०,००० देखि १५,००० सम्म माछा भुरा राख्न सकिन्छ ।
१ कठ्ठा को पोखरीमा ३५० देखि ५०० गोटा भुराहरु राख्नु पर्दछ ।
भुराहरुको साइज सानो भएमा संख्या बढाउनु पर्ने हुन्छ ।
पोखरीमा आवश्यक भन्दा बढी भुराहरु राखेमा राम्रो सँग बढ्दैन् ।
पोखरीमा भुरा छाड्ने बेलामा के के कुरामा ध्यान दिनु पर्दछ :
पोखरमिा माछा भुरा राख्नु भन्दा पहिले पानीको तापक्रम हेर्नु पर्दछ ।
भुरा ल्याएको पानी र पोखरीको पानीको तापक्रम फरक छ भने पोखरीमा भुरा छाड्नु हुदैन ।
भुरा ल्याएको भाँडा नै पोखरीमा राखिदिनु पर्छ जब सम्म दुबै पानीको तापक्रम बराबर हुदैन ।
जब तापक्रम बराबर हुन्छ अनि मात्र माछा भुरा पोखरीमा छाड्नु पर्छ ।
तापक्रम बराबर हुन लागि कम्तिमा १०-१५ मिनेट समय लाग्छ ।
माछा भुरा पोखरीको डिल माथिबाट खन्याउनु हुदैन ।
पोखरीको पानीमा नै बिस्तारै छाडेमा तिनीहरु आफै पौडदै पानीमा खेल्दै जान्छन् ।
कार्प माछाको भुरा कुन सिजनमा पाइन्छ :
फाल्गुण – चैत्रमा स् कमन कार्प ।
बैशाख, जेष्ठ र आषाढमा -ग्रास कार्प, सिल्भर कार्प र विगहेड कार्प ।
श्रावण – भाद्रमा – रोहु, नैनी र भाकुर जातका माछाका भुराहरु मत्स्य विकास केन्द्र र निजी हृयाचरी र नर्सरीहरुमा उपलब्ध हुन्छ ।
माछा पोखरीमा मलको प्रयोग गर्दा के के कुरा मा ध्यान दिनु पर्दछ :
घाम लागेको बेलामा बिहान पख राख्ने ।
आलो गोबर सकभर प्रयोग नगर्ने, कुहाएर वा कम्पोस्ट बनाएर मात्र प्रयोग गर्ने ।
गोबर मलको प्रयोग सदैव एकै स्थानमा गर्ने ।
बादल लागेको समयमा मलको प्रयोग नगर्ने ।
रासायनिक मलहरु पानीमा घोलेर हाल्नु उपयुक्त हुन्छ भने प्रांगारिक मललाई पोखरीको एक कुनामा पानीमा थुपार्नु पर्दछ ।
माछा पोखरीमा मलको प्रयोग गर्दा के के कुरा मा ध्यान दिनु पर्दछ :
घाम लागेको बेलामा बिहान पख राख्ने ।
आलो गोबर सकभर प्रयोग नगर्ने, कुहाएर वा कम्पोस्ट बनाएर मात्र प्रयोग गर्ने ।
गोबर मलको प्रयोग सदैव एकै स्थानमा गर्ने ।
बादल लागेको समयमा मलको प्रयोग नगर्ने ।
रासायनिक मलहरु पानीमा घोलेर हाल्नु उपयुक्त हुन्छ भने प्रांगारिक मललाई पोखरीको एक कुनामा पानीमा थुपार्नु पर्दछ ।
माछाको खाने बानी के रु कस्तो हुन्छ :
जीवनको प्रारम्भिक चरणमा सबै कार्प जातका भुराहरुको खाने बानी एउटै हुन्छ अर्थात् जुप्लांकटन खाने गर्दछ ।
अलि ठूलो साइजमा पुग्ने बित्तिकै तिनीहरुको खाने बानी फरक हुदै जान्छ ।
माछाको खाने बानी उसको बस्ने सतह, मुखको बनावट आदिमा भर पर्ने हुन्छ ।
सिल्भर, विगहेड, भाकुर तथा रोहु पानीको माथिल्लो भागमा भएको स(साना वनस्पती वा जीबहरू खान्छ ।
कमन कार्प र नैनी माछा पीँधमा पाइने किराहरु, सडेगलेका पदार्थ, हिलोमा पाइने पोषकतत्वहरु वा बाहिरबाट दिइने दाना रुचाएर खान्छ ।
ग्रास कार्प पानी भित्र भएको वा बाहिरबाट दिइने घाँस खान रुचाउँछ ।
माछालाई कति प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ :
माछाको उमेर अनुसार विभिन्न प्रोटीन स्तर भएका दाना दिनु पर्दछ ।
भुरा माछा, माउ माछा र खाने माछाको लागि क्रमशः ३०, २५ र २० प्रतिशत प्रोटिन भएको दाना दिनु पर्दछ ।
पेलेट दाना भनेको के हो :
दाना फ्याक्ट्री वाट तयार गरिएको सुख्खा टुक्रा दानालाई पेलेट दाना भनिन्छ ।
यो दाना पानीमा तुरुन्त नघुल्ने हुन्छ ।
नर्सरी पोखरीको तयारी कसरी गरिन्छ :
पोखरी एक हप्ता सम्म राम्ररी सुकाउने ।
झारपातहरु सबै उखेलेर सफा गर्ने ।
पोखरीमा १५ देखि २० के. जी.प्रति कठ्ठाको दरले चुन र्छकने ।
पोखरीमा १ मिटर सम्म सफा पानी भर्ने ।
७० देखि १०० के. जी.प्रति कठ्ठाको दरले गोबर मल हाल्ने ।
यसरी तयार पारेको पोखरीलाई ५ देखि ६ दिन सम्म राखे पछि भुरा स्टक गर्न सकिन्छ ।
नर्सरी पोखरीमा कति भुराहरु स्टक गर्न सकिन्छ :
सामान्यतया ५००००-६०००० प्रति कठ्ठाको दरमा नर्सरी पोखरीमा भुरा स्टक गर्न सकिन्छ ।
नर्सरी पोखरीमा एकै जातका तथा एकै र्साईजका भुराहरु हुर्काउन उचित हुन्छ ।
विभिन्न र्साईजको भुराहरु हुन गएमा मृत्युदर बढ्न जान्छ ।
साधारणतया नर्सरी पोखरीमा ४० देखि ५० प्रतिशत मृत्यु दर हुन्छ ।
माछाहरु कति समयमा विक्रि योग्य हुन्छन् :
कार्प माछाहरु करिब ६ महिना पाले पछि विक्रीयोग्य ०.५देखि १.० के .जी. हुन्छ ।
छडी माछापालन भनेको के हो :
भुरा माछालाई धेरै संख्यामा स्टक गरी, दाना पानी र अन्य समुचित ब्यवस्थापन गरी करिब ४०- ५० ग्राम साइजको बनाउने ।
एउटा पोखरीबाट वर्षमा ३ वाली सम्म उत्पादन लिन सकिन्छ ।
यसरी उत्पादन गरिएको माछालाई सिङ्गल फ्राई गरी खाजाको वा स्नाक्सको रुपमा उपभोक्ताले प्रयोग गर्दछन् ।
छडी माछापालन गर्दा कति भुरा स्टक गर्नु पर्दछ :
प्रति हेक्टर २,००,००० देखि २,५०,००० सम्म भुरा स्टक गर्नु पर्दछ ।
छडी माछा पालनको लागि कुन जातको माछा पालिन्छ :
छडी माछा पालनको लागि मुख्य माछाको जात नैनी हो ।
नैनी माछा पातलो, लामो र सलक्क परेको हुनाले लोकल माछा जस्तो देखिन्छ साथै सिङ्गल फ्राई गरेर प्लेटमा सजाउँदा राम्रो देखिन्छ ।
यसमा भएका पातला काँडाहरु डिप फ्राई गर्दा सबै पाक्छन् र खाँदा खासै केही फाल्नु पर्दैन ।
पोखरीमा भएका प्राकृतिक आहाराको राम्रो सदुपयोग गर्नको लागि केही मात्रामा रोहु र अन्य जातका माछा पनि स्टक गर्नु पर्दछ ।
छडी माछालाई कस्तो दाना खुवाउनु पर्दछ :
छडी माछा पालनमा राम्रो र पौष्टिक दानाको महत्व धेरै हुन्छ ।
२८ देखि ३० प्रतिशत प्रोटिन भएको दाना ४ देखि ६ प्रतिशत प्रति के।जी। माछाको तौलको आधारमा १०० देखि १२० दिन सम्म खुवाउँदा ५० देखि ६० ग्रामको माछा तयारी हुन्छ ।
दाना दिनको २ पटक उहि स्थान र उहि समयमा दिनु राम्रो हुन्छ ।
दानाको मात्रा शुरुका दिनमा ६ प्रतिशतबाट शुरु गरी अन्तमा ४ प्रतिशतमा घटाउन सकिन्छ ।
छडी माछाको उत्पादन कति हुन्छ :
राम्रो व्यवस्थापन गर्न सकेमा एक बालीमा १००-१२० दिन प्रति हेक्टर ६ टन सम्म छडी माछा उत्पादन लिन सकिन्छ ।
पंगास माछा कस्तो माछा हो :
पंगास माछा शरिरमा कम काँडा भएको र व्यावसायिक रुपमा धेरै उत्पादन दिने माछा हो ।
यसले हावाबाट पनि अक्सिजन लिन सक्ने हुनाले पोखरीमा धेरै संख्यामा स्टक गर्न सकिन्छ ।
यो माछा र्सवहारी स्वभावको हुन्छ ।
व्यवसायिक पालनमा यस माछाको मुख्य आहारा नै पेलेट दाना हो ।
नेपालमा यो माछाको उत्पादन ३० देखि ७० टन प्रति हेक्टर प्रति वर्षसम्म उत्पादन भएको छ ।
यो जातको माछाको स्टकिङ्ग ३ देखी १५ गोटा प्रति वर्ग मिटरका दरले पोखरीको व्यवस्थापन अनुसार पालनको लागि २ देखी ३ इन्च साइजको भुरा राख्न सकिन्छ ।
पंगास माछाको भुरा कहाँ उपलब्ध हुन्छ :
यो जातको भुरा नेपालको सरकारी एवं निजी मत्स्य हृयाचरीबाट उत्पादन र वितरण सुरु हुन सकेको छैन ।
हालै मात्र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा र मत्स्य बिकास केन्द्र भण्डारामा यसको सफल प्रजनन् भएता पनि भुराको बाच्ने दर निकै कम पाइएको ले गर्दा थप अनुसन्धान जारी छ ।
यसको भुरा भारतको कोलकत्ताको निजी पंगास हृयाचरीबाट ३-४ दिन लगाएर ल्याइन्छ ।
पंगास माछालाई के दाना खुवावउनु पर्दछ :
पोखरीमा पालन गर्दा पंगास माछाको प्रमुख आहारा भनेको पेलेट दाना हो ।
यो माछाले धानको ढुटो, पिना, चोकर, पिठो आदि पनि खान्छ ।
छिटो छिटो बढाउनका लागि दाना मेसिनबाट तयार पारिएको २५ देखि ३० प्रतिशत क्रुड प्रोटिनयुक्त पेलेट दाना खुवाउनु उपयुक्त हुन्छ ।
दाना माछाको तौलको २-३ प्रतिशतको दरको आधारमा दैनिक रुपले दिनु पर्दछ ।
पंगास माछा कति समयमा विक्रि योग्य हुन्छ :
सामान्यतया ७ देखि ९ महिनाको अवधिमा विक्री योग्य साइज १-१.५ केजी को हुन्छ ।
टिलापिया कस्तो माछा हो :
कार्प जातिको भन्दा छुट्टै जातीको, भित्री काँडा कम हुने स्वादिलो खालको माछा हो ।
टिलापिया माछाको पालन प्रविधि के हो :
हाल यस माछाको एकलिङ्गयि भाले पालन प्रविधिको प्रचलन छ ।
यस माछालाई प्रति वर्ग मिटर पोखरीमा २ देखि ३ गोटाको दरले स्टक गरि कार्प माछा जसरीनै पालन गर्न सकिन्छ ।
एकलिंगिय भाले टिलापिया माछाको भुरा कहाँबाट पाउन सकिन्छ :
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको मत्स्य बिज्ञान विभाग ।
सेन्टर फर एक्वाकल्चर रिर्सच एण्ड प्रोडक्सन फार्म, कठार, चितवन ।
माछा साथ बंगुर पालन गर्दा के फाइदा हुन्छ :
पोखरीको डीलमा खोर बनाएर बंगुर पालन गर्दा बंगुरको मल त्यसै खेर नगई पोखरीको उत्पादन बढाउनुका साथै वातावरणलाई दुषित हुनबाट बचाउँछ ।
बंगुरलाई दिएको दानाको करिब ३० प्रतिशत भाग नपचेको हुन्छ जसले माछाको लागि राम्रो आहाराको काम गर्दछ ।
एउटा बंगुरले ६ महिनामा २५० किलो सम्म मल दिन्छ साथै सोही अवधिमा ६० किलो मासु दिन्छ । एक कठ्ठाको पोखरीको लागि एउटा वंगुरको मल प्रयाप्त हुन्छ ।
माछा साथ हाँस पालन गर्दा के फाइदा हुन्छ :
हाँसको विकास पानी भएको ठाउँमा राम्ररी हुने गर्दछ ।
हाँसले पानीमा भएका किरा फटेङग्रा, ठूलो वनस्पती, भ्यागुता तथा भ्यागुताको बच्चा, घोंघी तथा स(साना जंगली माछाहरु खाई दिन्छ ।
हाँसको मलमुत्र तथा खेर जाने दानाले पोखरीलाई अधिक उत्पादनशील बनाउँदछ ।
हाँस पानीमा तैरिदा पानीमा अक्सिजन घोल्ने एरेटरको काम गर्नुका साथै पोखरीको सुन्दरतालाई समेत बढाउँछ ।
माछा पोखरीको लागि कुन जातको हाँस उपयुक्त हुन्छ :
हाँस पालन गर्दा विकासे जातका हाँस पाल्नु उचित हुन्छ ।
नेपालमा पेकिङ्ग (सेतो), हङ्गकङ्ग क्रस (खैरो तथा टाटेपाटे) एवं खाकी क्याम्पवेल (खाकी) जातका विकासे हाँस पाइन्छन् ।
यी जातहरु मासु तथा अण्डा दुबैको लागि उपयुक्त छन् ।
१ कठ्ठा जलाशयका लागि १५-२० गोटा हाँस पाल्नु उपयुक्त हुन्छ ।
के पोखरीको डिलमा फलफूल खेति गर्न सकिन्छ :
पोखरीको डीलको पूर्ण सदुपयोग गर्न डीलमा फलफुल, तरकारी वा घाँस खेती गर्न सकिन्छ ।
फलफुल खेती गर्दा झांगीने खालका ठूलो रुख हुने फलफुल लगाउनु हुदैन अन्यथा पोखरीमा प्रकाशको प्रवेशलाई अवरुद्ध गर्दछ ।
केरा, मेवा, नरिवल, सुपारी, भुर्इकटहर जस्ता फलहरु डीलमा लगाउन उपयुक्त हुन्छ् ।
के पोखरीको डिलमा तरकारी खेति गर्न सकिन्छ :
तरकारीमा बढी पात हुने तथा पानी जम्न नहुने खालका तरकारी खेती गर्नु बढी फइदाजनक हुन्छ ।
बन्दा, काउली, गोलभेंडा, भेण्टा, करेला, भिण्डी, खुर्सानी तथा अन्य सागहरु उपयुक्त हुन्छन ।
यीनको विक्रीबाट प्राप्त हुने लाभको अलवा कुहिएका फल तथा पात माछाको लागि लाभदायक हुन्छन् ।
लहरे तरकारी खेती डील छेउमा पनि लगाउन सकिन्छ ।
माछा पोखरीमा हुनसक्ने समस्याहरु के-के हुन् :
पानीको गुणस्तर ब्र्रिनु ।
अक्सिजनको कमी हुनु ।
माछामा रोग तथा परजिविहरु लाग्नु ।
माछा पोखरीमा अक्सिजनको कमी कसरी हुन्छ :
दिनभर वादल लागेमा, पोखरीमा बढि संख्यामा माछा स्टक गरेमा रगोबर मल बढि प्रयोग गरीएमा पोखरीमा अक्सिजनको मात्रा कमि हुन्छ ।
माछापोखरीमा अक्सिजनको कमीका लक्षणहरु के-के हुन् :
पोखरीमा पानी हाल्ने ठाँको नजीक माछाहरु जम्मा भएका हुन्छन् तथा केही माछाहरु मरेको देखिन सक्छ ।
विहान घाम उदाउनु अघि पोखरीका माछा पानीको सतहमा आई प्याक प्याक गरेको देखिन्छ ।
पोखरीमा अक्सिजनको कमी भएमा के गर्नु पर्दछ :
पोखरीमा बाहिरबाट तत्काल पानी थपि दिने
पम्पिङ्ग सेट लगाएर पानी तानी फोहोरा बनाई सोही पोखरीमा खसाल्ने ।
पानी नधमिलिने गरी पोखरीमा मानिस पसेर पानी चलाउने वा पौडी खेल्ने ।
एरिएटर को प्रयोग गर्ने ।
अक्सिमार ट्याबलेटहरुको प्रयोग गर्ने ।
अपरान्ह घाम लागि सकेपछि जाल हाली बढी माछा निकाल्ने ।
पोखरीको पानी धेरै हरियो के कारणले हुन्छ :
पोखरीमा मलखादको मात्रा धेरै भयो भने पानी धेरै हरियो हुन्छ ।
पानी धेरै हरियो भएमा अक्सिजनको कमिले माछा मर्ने सम्भावना हुन्छ ।
सफा पानी थप्ने वा मलखाद राख्न बन्द गरेमा बढि हरियोपना हराएर जान्छ ।
पोखरीको पानी धेरै सङ्गलो के कारणले हुन्छ :
पोखरीमा मलको मात्रा कमि भएमा पानी सङ्लो हुन्छ ।
के कमन कार्प माछाको भुरा पोखरीमा उत्पादन गर्न सकिन्छ :
फागुनर चैत्र महिनामा नयाँ पोखरीमा सफा पानी राखी केही घाँस र झारहरु राखेर वयस्क भाले पोथी माछालाई छोडेमा माछाले अण्डा दिन्छ ।
माछाका रोगका लक्षणहरु के के हुन् :
राम्रो सँग हिडडुल गर्न नसक्नु ।
पानीको सतहमा आउनु र प्याक प्याक गर्नु ।
जीउ भित्तामा घस्रनु वा उफ्रीरहनु ।
पेट फुल्नु ।
शरीरको विभिन्न भागमा घाउ हुनु ।
माछामा रोग लाग्न नदिन के के उपायहरु अपनाउनु पर्दछ:
प्राविधिकको सल्लाह बमोजिम पोखरी तैयार गर्ने ।
सिफारिस गरिएको संख्यामा मात्र माछा भुरा राख्ने ।
पानीको गुणस्तर नियन्त्रण गर्ने ।
उपयुक्त मात्रामा मात्र मलजलको प्रयोग गर्ने ।
ताजा दाना आवश्यक मात्रामा उचित तरिकाले मात्र प्रयोग गर्ने ।
पानीको गहिर्राई कायम राख्ने तथा समय समयमा सफा पानी थप्ने ।
माछामा लाग्ने मुख्य मुख्य रोगहरु के-के हुन् :
इ.यु.एस.,
सेप्रोलेग्नीया,
सेतो थोप्ले रोग,
ट्राइकोडिना,
माछाको जुम्रा आदि ।
माछाको शरीरमा घाउहरु के कारणले देखिन्छ :
माछामा इ.यु.एस., अल्सर वा जुम्राको प्रकोपले शरिरमा घाउहरु हुन्छ ।
माछाले दाना राम्रो सँग खाएको छैन, के कारणले होला
पोखरीमा अक्सिजनको कमि भएमा ।
माछा रोगी भएमा ।
इ.यु.एस. भनेको कस्तो रोग हो :
यो ढुसिजन्य रोग हो ।
सुरुमा शरीरमा रातो रातो थोप्ला देखिन्छ ।
सो ठाँउमा कत्ला र्झन गई खाल्टो भएको घाउ देखिन्छ ।
ढाड र पुच्छरको नजिक भागमा घाउहरु देखिन्छन् ।
जाडोको समयमा स्थानीय जातका माछामा यो रोग बढी लाग्दछ ।
इ.यु.एस.रोगको नियन्त्रण कसरी गर्ने :
घर, पोत्ने चुना १५ के.जी.प्रति कठ्ठाको दरले हाल्ने, रोगको प्रकोप हेरी १ हप्ताको अन्तरालमा बढीमा तिन पटक चून प्रयोग गर्ने ।
पानीको प्रवेशद्वारमा जाली राख्ने र जंगली माछा सबै हटाउने ।
सामान्यतया कमन, सिल्भर, विगहेड र ग्रासकार्पमा यो रोगको प्रकोप नदेखिएकोले अनुपातमा यी जातको संख्या बढी राख्ने ।
माछा मार्ने जाललाई प्रयोग गरिसकेपछि राम्ररी सुकाएर मात्र पुनः प्रयोग गर्ने
सेप्रोलेग्नीया रोगको मुख्य लक्षण के हो :
माछाको शरिरको विभिन्न भागमा कपास जस्तो ढुसी देखा पर्ने ।
सेप्रोलेग्नीया रोग लागेमा के उपचार हुन्छ :
पोखरीलाई चुन वा कपर सल्फेट प्रयोग गरि सक्रमण रहित बनाउने ।
रोग लागेको माछालाई १ पि. पि.एम. को दरमा मालाकाइट ग्रिनको झोलमा १०-१५ मिनेट सम्म राख्ने ।
माछाहरुलाई चलाएपछि २-३ प्रतिशतको नुनको झोलमा २-३ मिनेट डुबाएर मात्र पोखरीमा राख्ने । स्पाउनिङ र इन्कुवेसन टैंकहरु नुनपानीले राम्रो सँग सफा गर्ने ।
माछाको जुम्रा नियन्त्रण कसरी गर्ने :
२ प्रतिशतको नुन पानीको झोलमा ५-१० मिनेट डुबाउने
ट्राईक्लोफेनरडिप्टेरेक्स ०.२५ पि. पि.एम. प्रयोग गर्ने ।
माछाको रोग विरुद्धको खोप नेपालमा उपलब्ध छ :
माछाको रोग विरुद्धको खोप नेपालमा उपलब्ध छैन् ।
रेन्बो ट्राउट कस्तो माछा हो :
सफा, चिसो र धेरै अक्सिजन भएको निरन्तर बगिरहने पानीमा हुर्कने स्वादिलो माछा हो ।
यो नेपालमा पालिने सबैभन्दा महंगो माछा हो ।
ट्राउट माछा पालनको लागि कस्तो वातावरण चाहिन्छ :
ट्राउट माछा बाच्न, हुर्कन र परिपक्व हुन सफा, चिसो र प्राणवायू ९अक्सिजन० प्रयाप्त भएको पानी हुनु पर्दछ ।
ट्राउट माछाको राम्रो बृद्धिको लागि १४ देखि २० डिग्रि सेल्सियस तापक्रम चाहिन्छ भने सबै भन्दा उपयुक्त बृद्धिको लागि १६ देखि १८ डिग्रि सेल्सियस तापक्रम चाहिन्छ ।
राम्रोसंग भुरा पार्न र भुरा निस्कनको लागि ९ देखि १४ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ ।
यो माछा हुर्कन, पानीको तापक्रम सकभर एकनास भएमा राम्रो हुन्छ ।
रेन्बो ट्राउट माछा खानको लागि मात्र उत्पादन गर्ने हो भने पानीको तापक्रम १४ डिग्री सेन्टिग्रेड भन्दा माथि र २० डिग्रि सेन्टिग्रेड भन्दा तल भएमा राम्रो उत्पादन गर्न सकिन्छ ।
एक बर्षमा ४र५ महिना पानीको सरदर तापक्रम १० डिग्री सेन्टिग्रेड भन्दा कम चिसो हुने स्थानमा यो माछा ढिलो बढ्छ र व्यावसायिक रुपमा ट्राउट माछा पालन गर्न फाईदाजनक हुदैन ।
कस्तो ठाँउमा रेसवे निमार्ण गर्न सकिन्छ :
रेसवे निर्माण गर्नको लागि छनोट गरेको ठाउँमा पानीको उपलव्धता, गुणस्तर र जमिनको बनौटमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।
कान्ला, कान्ला परेको जमिन वा हल्का भिरालो जमीन रेसवे निर्माणको लागि राम्रो मानिन्छ ।
उपलव्ध पानीको बहाव र जमिनको बनौट अनुसार नापजाँच गरी दुई प्रकारका रेसवे (रेखात्मक र समानान्तर)निर्माण गर्न सकिन्छ ।
रेसवे पोखरीको र्साईज कस्तो हुनु पर्दछ :
सानो भुरा हुर्काउने रेसवे पोखरीको क्षेत्रफल १०−१५ वर्ग मिटर ।
बिक्री योग्य माछा राख्ने पोखरीको र्साईज ५० देखि १५० बर्ग मिटरको बनाउनु उपयुक्त हुन्छ ।
पोखरीको गहिर्राई ८०−९० सेन्टिमिटर भए पानीको प्रवाह कायम गर्न र दैनिक व्यवस्थापन गर्न सजिलो हुन्छ ।
माछाको घनत्व बढ्दै गएपछि अर्को पोखरीमा सार्दै जानु पर्दछ ।
ट्राउटमाछाको लागि भुराको र्साईज कस्तो हुनु पर्दछ :
नेपालमा २०० देखि ३०० ग्राम सम्म र्साईजका ट्राउट माछा विक्रिी योग्य मानिन्छ ।
यसको लागि ५ ग्राम र्साईजका ७५-१०० गोटा माछा भुरा प्रति वर्ग मिटर स्टक गरेर १० महिनामा १०-१५ केजी प्रति बर्ग मिटर उत्पादन लिन सकिन्छ ।
ट्राउटमाछाको लागि कस्तो दाना खुवाउनु पर्छ :
उत्पादनको लागि ३५५ प्रोटिन भएको दाना दिनु पर्दछ ।
माछाको विकासको क्रममा बिभिन्न अवस्थामा आवश्यक पर्ने पोषक तत्वहरुको मात्रा पनि फरक फरक हुन्छ ।
भुरा अवस्थामा ५० प्रतिशत प्रोटिन आवश्यक पर्दछ भने हुर्कौला (फिङ्गरलिङ्ग) को लागि ४७ प्रतिशत र ठूलो माछाको लागि ४०-४५ प्रतिशत प्रोटिन आवश्यक पर्दछ ।
ट्राउटमाछाको उत्पादकत्व कती छ :
नेपालमा उपलब्ध प्रविधिको प्रयोगबाट प्रति बर्ग मिटर जलाशयबाट १० देखि १५ के.जी. रेन्बोट्राउट माछा उत्पादन भईरहेको छ ।
दक्ष ट्राउट पालकले प्रति मिनेट १ मे. टन पानी बग्ने पोखरीबाट १५०-२०० मे.टन माछा प्रति हेक्टर उत्पादन गर्न सक्दछन् ।
के ट्राउट माछाको ग्रेडिङ्ग गर्नु पर्छ :
ठूलो र सानो साइजको माछालाई ग्रेडरद्वारा छुट्याउने प्रकियालाई ग्रेडिङ्ग भनिन्छ ।
रेन्वो ट्राउट एउटा मांसाहारी माछा भएको हुनाले एक अर्कालाई ठुंग्ने र मुखको साइज मिलेमा खाईदिने समेत गर्ने हुँदा माछा भुराको ग्रेडिङ्ग गर्नु अति आवश्यक हुन्छ ।
यो माछाले खान नपाएको अवस्थामा आफ्नै साथीहरु खाने हुँदा यो माछालाई भोको अवस्थामा राख्नु हुदैन ।
ठूलो र सानो भुरा ससाना स्कुप नेट, माछा चाल्नीको प्रयोगले छुट्याउन सकिन्छ ।
ट्राउट माछालाई दाना दिने तरिका के हो :
दाना प्राय हातैले दिईन्छ ।
दाना खाएको नखाएको हेरेर दाना दिनु पर्दछ ।
दाना दिंदा माछा राखेको ट्यांकीको चारैतिर बराबर छरेर दिनु पर्दछ जस्ले गर्दा सबै माछाले दाना खान पाउंछन् र सबैको एकनासले वृद्धि बिकास हुन्छ ।
भुरा तथा हुर्काउला माछाको वृद्धि जांच हरेक पन्ध्र दिनमा गर्नु पर्दछ ।
माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ ।
माछाको मुखको र्साईजलाई दृष्टिगत गरी मिल्दो र्साईजको दाना ख्वाउनु पर्दछ ।
नेपालमा पालनको लागि संभाव्यता भएका स्थानिय माछाको जातहरु के-के हुन् :
सहर, कत्ले, असला, गर्दी, हाडे, मांगुर, सिघी आदि जातका स्थानीय माछाहरु पालनको लागि सम्भाव्यता छ ।
के माछापालनको बिमा हुन्छ :
हुन्छ, माछा बिमा गर्दा बिमा कम्पनिलाई तिनुपर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधैँ कृषकले अनुदान पाउँदछन।
मत्स्य पालन ससम्बन्धि श्रोत: कृषि पत्रीकाबाट