सेन्ट्रल जोन भलिबल : नेपाली महिला टोली आज किर्गिस्तानको सामना गर्दै

काठमाडौँ : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला भलिबल टोली आज (सोमबार) किर्गिस्तानको सामना गर्दै छ । यसअघि नै फाइनल प्रवेश गरिसकेको नेपालले आफ्नो अन्तिम लिग खेलका रुपमा किर्गिस्तानको सामना गर्न लागेको हो।

नेपाल र किर्गिस्तानबीचको खेल ११ः१४ बजे सुरु हुनेछ।

बिज्ञापन

बंगलादेशमा जारी प्रतियोगीता अन्तर्गत आइतबार उज्वेकिस्तानलाई ३–० को सोझोसेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३–० तथा तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। यस्तै