संसद भित्र सांसद अभाव, सांसद खोज्दै सभामुख !

काठमाडौ । बिहीबारको प्रतिनिधिसभा बैठकबाट सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक–२०७६ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक–२०७६ पारित गर्ने कार्यसूची तय भएको थियो ।

बिहीबारको प्रतिनिधिसभा बैठकबाट सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक–२०७६ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक–२०७६ पारित गर्ने कार्यसूची तय भएको थियो ।

पूर्व निर्धारित कार्यसूचीअनुसार उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । तर, मन्त्री यादवले पेश गरेको विधेयक पारित हुन सकेन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारसँगै दुई तिहाइ मत छ । तर पनि सभामुख कृष्णबहादुर महराले मन्त्री यादवले पेश गरेको विधेयक पारित भएको घोषणा गर्न सकेनन् ।

कारण थियो, सांसद देवप्रसाद तिमिल्सिनाले जनाएको आपत्ति । सांसद तिमिल्सिनाले आपत्ति जनाएपछि सभामुख महरा १५ मिनेटका लागि बैठक स्थगित गर्न बाध्य भए ।
र, सांसद तिमिल्सिनाको आपत्तिमा कानूनी भाषा थियोे । हुन पनि संसद बैठकमा ६९ जना पनि सांसद उपस्थित थिएनन् ।
संविधानको धारा ९४ ले विधेयक पारित गर्न बैठकमा एक चौथाइ अर्थात् ६९ सांसद आवश्यक पर्ने व्यवस्था गरेको छ । तर, बिहीबार विधेयक पारित गर्ने बेला संसदमा ४१ जना सांसद मात्रै उपस्थित थिए ।

विधेयक पारित गर्न होइन, सत्तारूढ दलसँग संविधान नै संशोधन गर्न पुग्ने सांसद सांसद संख्या भएपनि सभामुख महराले कानूनअनुसार संसद स्थगित गरेर प्रमुख सचेतकहरूलाई सांसद उपस्थित गराउन आग्रह गर्नुप-यो ।
१५ मिनेटपछि सर्वसहमतिले विधेयक पारित भएकाले यसमा विपक्षी दलका सांसदको समेत खोजी हुने भयो । संसदमा बोल्न पाए बस्ने नत्र बाहिरिहाल्ने सांसदहरुको प्रवृत्तिका कारण धेरै पटक विधेयक पारित गर्न विधायिकाहरुको अभाव खड्किदै आएको छ ।

बिहीबार पनि विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन आउने बाहेक अन्य सांसदहरुसँग संसदप्रति खासै रूचि नदेखिदा सभामुखले १५ मिनेट बैठक स्थगित गर्नु परेको हो ।-हिमाल थबर