प्रधानमन्त्रीको आलोचना गरेको भन्दै धरौटीको अफर नदीई गरीयो ‘डाइरेक्ट’ जेल चलान

 

प्रधानमन्त्रीको आलोचना गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । प्रधानमन्त्रीकै व्यापक आलोचना गरेको भन्दै मानहानिको अभियोगमा उनलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको पुष्टि गरेको हो ।  उनले प्रधानमन्त्रीलाइ फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् ।  प्रधानमन्त्रीले उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ ।

धरौटीको अफर समेत नदिइकन उनलाई  जेल पठाइएको छ ।  मानवअधिकारवादीले प्रधानमन्त्री  हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।

किरोनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटलाई विभेद गरेको आरोप लगाएकी थिइन् । व्यक्तिगत फाइदाका लागि प्रधानमन्त्री शेखले क्रिकेटलाई साथ दिएको बताएकी थिइन् । यो खबर बांग्लादेशको हो ।