पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा निधन

सप्तरीको पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता सोमबार बिहान नुहाएर नास्ता खाएर सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएको थियो ।उहाँ हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँको दाहससंस्कार गाउँमै सोमबार राति गरिएको छ ।