
काठमाडौँ : आज देशभर मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जनाएअनुसार विभिन्न स्थानमा हिमपात र तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसो बढ्ने क्रममा रहेको छ। काठमाडौंमा आज बिहान ३.८ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

बिहान ६ बजे ३.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
बिज्ञापन



आज गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।