जोन अब्राहम र उनकी श्रीमती प्रिया कोरोना पोजिटिभ, फिल्म निर्माता राहुल रवैल पनि संक्रमित

काठमाडौँ- कोभिड १९ संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत महिना धेरै बलिउड सेलिब्रेटीमा कोरोना पोजिटिभ देखिएको थियो ।

करीना कपूर खान, शनाया कपूर , अर्जुन कपूर लगायत अन्य धेरै सेलिब्रेटीहरु कोरोनाबाट संक्रमित भएका थिए । यसैबिच, जोन अब्राहम र राहुल रवैल पनि संक्रमित भएको बताइएको छ ।

बिज्ञापन

जोनले आफ्नो फ्यानहरुलाई आफू र उनकी श्रीमती प्रिया कोभिड पोजिटिभ रहेको बताएका छन् । जोन अब्राहमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नोट सेयर गर्दै फ्यानलाई कोभिडको बारे जानकारी दिए ।

त्यस्तै, आइतबार फिल्म निर्माता राहुल रवैल पनि कोभिड पोजिटिभ भएका छन् । उनी अहिले क्वारेन्टाइनमा रेहका छन् र सावधानी अपनाइ रहेका छन् । अर्जुन कपुर अझै पनि संक्रमित नै छन् ।