घरेलु टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी

भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ ।

जोहानेसबर्गमा दोस्रो टेस्टको पाँचौं दिन दक्षिण अफ्रिकाले खेल सकिन ६ ओभर २ बल बाँकी छँदै भारतले दिएको २ सय ४० रनको लक्ष्य ३ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका डेन इल्गरले अविजित ९६ रनको पारी खेले । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २ सय २ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाले २ सय २९ रन बनाएको थियो । पहिलो पारीमा २७ रनले पछि परेको भारतले दोस्रो पारीमा २ सय ६६ रन बनाएको थियो ।

समग्रमा भारतले २ सय ३९ रन बनाएको थियो । यो जितपछि श्रृंखला १–१ को बराबरी भएको छ ।

पहिलो टेस्ट भारतले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट केपटाउनमा जनवरी ११ देखि सुरु हुनेछ ।

टेस्ट क्रिकेटपछि भारत र दक्षिण अफ्रिकाबीच तीन एकदिवसीय खेल हुनेछ ।