यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडाैँ : नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान देशका अधिकांश भूभागमा सामान्य बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँमा आज बिहान मेघगर्जनसहित हल्का वर्षा भएको थियो ।

दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ ।

शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ।

प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।