
यो सातामा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ह्वात्तै बढेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुन उक्त मूल्यले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ थियो । यो साताको आइतबार सोही मूल्य कायम रहँदै सुनको कारोबार मूल्य तोकिएको थियो । सोमबार तोलामा ३०० ले घटेको थियो भने मंगलबार पुनः ३०० ले बढेको थियो ।
यस्तै, बुधबार ४०० रुपैयाँ, विहीबार ५०० र शुक्रबार २०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
यसैगरी,गत साताको शुक्रबार तेजाबी सुनको प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ११ सय रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
सुनसँग यो साता चाँदीको मूल्य पनि बढेको छ । साताभरमा चाँदीको मुल्य प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँ कायम रहेको चाँदी यो साताको शुक्रबार १२ सय ६० रुपैयाँ पुगेको छ ।