
बैंकहरूको निक्षेप संकलन एक दिनमै ४९ अर्बले बढेको छ । पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउनु, राष्ट्र बैंकले पुर्नकर्जा बैंकहरुमा पठाउनु, आयातमा कडाइ गरिनु जस्ता विभिन्न कारणहरुले बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पौष २९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ५४ अर्ब रूपैयाँ रहेको मा एक दिनै बैंकहरूको निक्षेप ४९ अर्बले बढेर पौष ३० गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।



निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । यो एक दिनमा बैंकहरूको कर्जा लगानी २५ अर्बले बढेर ४६ खर्ब ६६ अर्ब पुगेको छ ।

पौष १६ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.७६ प्रतिशत रहेको मा ३० गतेसम्मा त्यो घटेर ८९.६४ मा झरेको राष्ट्र बैंकले जनाएको छ ।