भगवानको ब्रत र पुजा गर्ने विधिबारे जान्नुहोस

‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

 

बिज्ञापन

बुधबारको दिन ब्रत विधि र पुजा गर्ने भगवानबारे जान्नुहोस !

 

बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ। ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ ।

 

भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ। गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ। एक पटकको कुरा हो एउटा मानिस आफ्नी पत्नी लिई आउन ससुराल गयो । त्यहाँ केही दिन बिताएपछि उसले सासु-ससुरासित विदा माग्यो । तर सबैले आज बुधवार हो, आज यात्रा गर्नु हुदैन भने । ऊ केही गरी मानेन र हठधर्मी भएर बुधवारकै दिन पत्नीलाई साथमा लिई आफ्नो घर तर्फ प्रस्थान गर्यो । बाटामा उसकी पत्नीलाई तिर्खा लाग्यो र आफू तिर्खाएको कुर उसले आफ्ना पतिलाई बताइन ।

 

अनि पत्निको प्यास मेटाउने उद्देश्यले ऊ अमखोरा लिई रथबाट उत्रिएर पानिको खोजिमा गयो । तर पानी लिएर फर्कदा उसले के देख्यो भने उसकी पत्निका साथमा ऊजस्तै अर्को व्यक्ति बसेको छ, त्यो मान्छे उस्तै रूपरङ्ग र वेषभूषामा छ । यस्तो दृश्य देखेर ऊ आश्चर्यचकित भयो । त्यस बहुरूपी व्यक्तिसित उसले क्रोधपूर्वक भन्यो – तँ को होस अनि मेरी पत्नीका निकटमा किन बसेको ? अर्को मान्छेले भन्यो यी त मेरी पत्नी पो हुन त ।

 

म अहिले भर्खरै ससुरालबाट विदा मागेर आउदैछु । ती दुबि एकअर्कासित झगडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लीन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोधे – यी दुईजना मध्ये तिम्रो असली पति चाहि कुन हो ? त्यस पछि त्यस स्त्रीले जवाब दिन सकिन किनभने दुबि व्यक्तिको संपूर्ण स्वरूप एकै किसिमको थियो । विचरी त्यस आईमाईले कसलाई आफ्नो पति भन्नु, अलमल्ल परी अनि ईश्वरसित प्रार्थना गर्दै भन्न थाली – हे परमेश्वर !

 

यो के विचित्रको लीला हो । त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरपुकारा गर्दै रुनकराउन थाल्यो, उसको धेरैबेरसम्मको आलापविलापपछि आकाशवाणी हुन गयो – मूर्ख ! आज बुधवारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो । त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्यो र आफ्नो भूलप्रति क्षमा माग्यो । अनि भगवान अन्तर्धान हुनुभयो ।

 

ऊ आफ्नी स्त्रीलाई लिएर घर गयो तथा त्यस पछि दाम्पत्य सुखका लागि एवं कहिल्यै वियोग नहोस भन्ने उद्देश्यले प्रत्येक बुधवारका दिन ती दुबै पति-पत्नी नियमपूर्वक गर्न थाले । जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधवारका दिन यात्रा गर्नाले कुनै दोष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुबिधा हुने छैन एवं उसलाई सबै किसिमले सुखप्राप्ति हुन्छ ।

 

ज्योतिष शास्त्र : बुधबारको दिनमा पुरुष ससुराली जानु हुदैन , महिला को अपमान गर्नु हुदैन ।

 

भगवान् श्रीकृष्णको लीला

 

 

द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ “कंस ! तँ जसलाई पुर्याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।”

 

आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई दिने प्रण गरेपछि मात्र कंस मान्न तयार भयो अनि वसुदेव र देवकी दुवैलाई कारागार चलान ग¥यो । क्रमशः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मा¥यो । देवकीको सातौँ गर्भलाई भने भगवती योगमायाले देवकीको गर्भबाट वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिदिइन् ।

 

शेष नागका अवतार मानिने बलरामले देवकीको सातौँ गर्भ भएर पनि रोहिणीको कोखबाट जन्म लिए । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिनमा भगवान् अवतरित भए । भगवान्को जन्मसँगसँगै चतुर्भुजरूपमा भगवान् विष्णुको दर्शन देवकी र वसुदेवले प्राप्त गरे ।

 

श्रीकृष्णले आफूलाई गोकुलको नन्द बाबाको घरमा पुर्याउने र नन्दबाबाको घरबाट छोरीको रूपमा जन्मेकी योगमायालाई कारागार ल्याउने आदेश दिए । वसुदेवको हातका हत्कडीहरू आफैँ छुटे, कंसका सैनिकहरू मस्त निद्रामा परे, ढोकाहरू आफैँ खुले । घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिइन् तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए ।

 

कारागारमा आएपछि बल्ल सबै सैनिक ब्यँुझिए । कंसले बालिकारूपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई आकाशमा गएर शक्ति स्वरूप भएर “तँलाई मार्ने बालक जन्मिसकेको छ पापी !” भनी अन्तध्र्यान भइन् ।

 

कंसले त्यो दिन गोकुलमा जन्मिएका सबै बालकहरूलाई मार्यो तर भगवान् श्रीकृष्णको दैवी शक्तिको अगाडि उसको केही जोर चलेन । कंसले कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरूलाई कृष्णले बध गरे ।

 

कृष्णले अनेक लीलाहरू देखाए । जसलाई कृष्णचरित्र पनि भनिन्छ । वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन् ।

 

कसंले आफ्नै बुवा उग्रसेन राजालाई बन्दी बनाई आफैँ राजा भएर सम्पूर्ण प्रजाहरूलाई दुःख दिने काम ग¥यो । धर्मकर्मको काम ठप्प भयो । असुरहरूको शक्ति बढ्यो र सज्जनहरूले पीडा अनुभव गर्नुप¥यो । संसार पूरै अस्तव्यस्त भयो ।

 

कंस, जरासन्ध, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको तागत बढ्दै गयो । जगत्मा व्याप्त हिंसा र अशान्तिलाई हटाएर सुख र शान्तिको व्यवस्थापन गर्न भगवान् श्रीकृष्ण अवतरित भएका हुन् ।

 

भगवान् श्रीकृष्णलाई विष्णुको पूर्णकला अवतार मानिन्छ । श्रीकृष्ण लीलापुरुष हुन् । आफ्नो जीवन कालमा उनले धेरै लीला गरे । कंश, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको बध गरे । श्रीकृष्णको अवतारसँगसँगै आसुरी प्रवृत्तिको अन्त्य भयो । पृथ्वीमा सत्य धर्म र अहिंसाले राहत पायो ।

 

युद्धबाट विरक्तिएका अर्जुनलाई आफ्नो कर्तव्य बुझाउन श्रीकृष्णले कुरुक्षेत्रको रणभूमिमा उपदेश दिए । ती भगवान्का पवित्र वाणीको संग्रहलाई श्रीमद्भगवद्गीता भनिन्छ । यसले बाटो बिराएकाहरूलाई मार्गनिर्देश गर्छ ।

 

भगवद्गीतामा शुद्ध आचार, शुद्ध विचार र शुद्ध कर्मलाई नै धर्म भनी परिभाषित गरिएको छ । श्रीकृष्णका वाणीहरूको सङ्ग्रह भगवद्गीताको अध्ययन हिन्दूहरूले मात्र नभई यसको महत्त्व बुझेका सबै धर्मावलम्बीले गर्ने गरेको पाइन्छ ।

 

यिनै भगवान् श्रीकृष्णको शुभ जन्मोत्सवको उपलक्ष्यमा द्वापर युगदेखि नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गोकुलका गोप गोपिनीहरूले श्रीकृष्णको नामकरणका दिन विशेष नाचगान गरे । त्यो परम्परा भगवान् शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको व्रतोपासनसँग जोडिएर हरितालिका तिज पर्वका रूपमा रुपान्तरित हुन पुग्यो ।

 

श्रीकृष्ण जन्माष्टमीका दिन विशेष विधिविधानसहित श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । दिनभरि निराहार रहेर भगवान्को नाम सङ्कीर्तन गर्नुका साथै गीता, भागवत आदि पाठ गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गाई प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ ।

 

यसप्रकार हिन्दूहरूको महान् पर्व श्रीकृष्णजन्माष्टमीले भगवान्को प्रिय बन्नको लागि सदा धर्मको पालना गर्नुपर्ने तथा मन, वचन र कर्म पवित्र राख्नुपर्ने सन्देश दिन्छ । यस्ता पर्वहरूलाई रमझमको रूपमा मात्र नहेरी यिनको मर्म बुझी सत्कर्म गर्न सके सबैको कल्याण हुनेछ, विश्वमा समता, शान्ति र अहिंसाको सुवास फैलिनेछ ।

 

बुधबार जन्मिने व्यक्तिको रहस्य र भाग्य थाहा पाउनुहोस्

 

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

 

भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बुधबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः

 

१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

 

२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।

 

३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।

 

४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।

 

५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।

 

६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।

 

७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।

 

८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।

 

९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि

तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।

 

१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।

 

११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।

 

१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

 

बुधबारको दिन यी ८ काम गर्नुहोस् सफलता हात लग्नेछ

 

बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ ।

 

बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो । बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि ।

 

यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ । किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ ।

 

अन्य केही कार्यहरु निम्न छन् :

१. बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको प्रजा–आजा गर्नुपर्छ ।

२. वुधबारको दिन हरियो घाँसपात बस्तु–भाउलाई खुवाउँनुहोस् ।
३. समलिंगीको सेवा गर्नुहोस् ।

४. हरियो चना भिजाएर चरा–चुरंगीलाई खुवाउँनुहोस् ।
५. नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस् ।

६. बुधवार व्रत बस्नुहोस् ।
७. बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस् ।

८. धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउँनुहोस् ।