
काठमाडौँ : नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले सरकारको पूर्णता नभई एमालेको विवादको अन्तिम पटाक्षेप नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले एकताको लागि बल देउ भन्दै भीमसेन गुहारेका छन । त्यस्तै, उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीका माधव नेपाल समूहपनि सहभागी हुने संकेत गरेका छन्

उनले नेपाल समूहलाई कांग्रेसकै प्रमुख भाइको संज्ञा दिँदै भनेका छन्, ‘ट्विटर ह्याण्डलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९+ प्रमुख भाई कांग्रेस ६+ कम्फरटेवल कम्युनिष्ट ५+ जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ । परमादेश सरकारको पूर्णता भनइ एमाले विवादको अन्तिम पटाक्षेप नहुने । बल देऊ भिमसेन –एकता !’



प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको पाउन माधाव नेपाल समूहले उनलाई सर्थन गर्नै पर्छ । अन्यथा देउवा नेतृत्वको सरकार अल्पमतमा पर्ने छ । र संविधानतः देउवा नेतृत्वको सरकारले संसद विघटन गरेर निर्वाचनको घोषणा गर्ने छ ।
