खाना खादा ध्यान दिनुपर्ने कुराहरु

अमिलो फलको सेवन

निबुवाको रस पारम्परिक रुपमा पाचनका लागि प्रयोग गरिदै आएको छ । निबुवाको गन्ध र स्वाद दुवैले अत्यधिक र उत्पादन गर्न मद्दत गर्नेछ । निबुवाजस्तै सुन्तला पनि पाचन प्रणालीमा सहयोगी हुन सक्छ ।

बिज्ञापन

जडिबुटी र मसलाको प्रयोग

जडिबुटी र मसलाले भोजनमा स्वाद मात्रै बढाउँदैन, बल्कि यसले तपाईंको पाचनमा पनि सहयोग पुर्‍याउँछ । यसको स्वाद र गन्ध दुवै ग्यास्ट्रिक र र्‍याल पैदा गर्न सहायक हुन्छ ।

उदाहरणका लागि धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले तपाईंको पित्त अम्ललाई बढाएर कार्बोहाइड्रट र बोसोलाई पचाउन मद्दत पुर्‍याउन सक्छ ।

धुम्रपान त्यागौं

धुम्रपान गर्दा यसले तपाईंको खाद्यनलीभन्दा मुनि माँसपेशीहरुलाई कमजोर बनाउँछ । जसबाट पेटमा एसिड बन्ने प्रक्रियालाई रोक्न थुप्रै समस्या उत्पन्न हुन्छ ।

यसैगरी थोरै रक्सी पिउनु वा सिमामा बसेर पिउनुले तपाईंको शरीरलाई कुनै हानी गर्दैन । तर, बढि रक्सी पिउँदा यसले पेटमा एसिडको उत्पादन बढाउन सक्छ । र, अन्य पाचनसम्वन्धि समस्याहरुलाई पनि निम्तो दिन सक्छ ।

वोसोयुक्त भोजन परहेज

बढि बोसोयुक्त भोजन पच्न लामो समय लाग्छ, जसको कारणले पेटको बोझ बढ्न जान्छ र उच्च बोसोयुक्त खाद्य पदार्थको बदला माछा र लीन मिट जस्ता बोसो कम भएका खानेकुरा खानु उपयुक्त हुन्छ ।

सही तरिकाले खाने

सँधै समयमा खाना खानुस । खाना बिस्तारै खानुपर्छ । बढिभन्दा बढि चबाएर मात्र निल्नुपर्छ । यदि तपाईं अक्सर पेटको गडबडी वा अपचबाट पिडित हो भने सुत्नुभन्दा ३ देखि ४ घन्टा अगाडि खाना खाइसक्नुपर्छ ।

फाइबरयुक्त भोजन

फाइबर भएको खानेकुरा खानुहोस् । त्यो भनेको तपाइको खानेकुरा धेरै ल्यासल्यास परेको हुनु हुँदैन । घुलनशील फाइबरले पानीलाई अवशोषित गर्छ र तपाईंको निस्काशन सही हुन्छ, जो आफ्नो आन्द्रामार्फत सजिलै बाहिर निस्किन्छ ।

त्यसैले मैदाबाट बनेका खानेकुरा भन्दा गहुँको पिठो वा चामलको पिठोबाट बनेका खानेकुराले राम्रो गर्छ । चना, स्याउ जस्ता खानेकुरा फाइबरयुक्त हुन् । सागपात पनि फाइबरयुक्त हुन्छन् ।

प्रशस्त पानी

महिलाहरुले प्रत्येक दिन २।१ लिटर र पुरुषले २.६ लिटर पानी पिउनु आवश्यक हुन्छ । गर्मी मौसम वा शारीरिक परिश्रम गरेर पसिना बाहिर निस्किएको छ भने झन् बढि परिमाणमा पिउनुपर्छ ।

प्रो बायोटिक्सको सेवन

प्रो बायोटिक्स एक यस्तो ब्याक्टेरिया हो जसले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । यस्तो ब्याक्टेरियाले आन्द्राको अम्लतालाई बढाएर हानिकारक जीवाणूहरुको विकासलाई रोक्न मद्दत पुर्‍याउँछ । दहीमा प्रोबायोटिक्स हुने भएकाले यसको सेवन गर्नु फाइदाजनक हुनेछ ।