
तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालि बीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा गत माघ ३ गते सम्झौता भएको हो ।
सम्झौता अनुरुप आगामी फागुन ८ गतेदेखि तारा एयरले प्रत्येक आइतबार काठमाण्डौबाट सुकिलुम्बा विमानस्थलमा उडान भर्ने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए।
इलाममा हवाई उडानका लागि सम्झौताको पहल समेत गरेका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
१६ यात्रु सिट क्षमताको जहाजको एकतर्फी भाडा आठ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११–११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एक तर्फ भाडा तिरे दुइ तर्फकै उड्नका लागि सहुलियत दिएको