स्याङ्जामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

स्याङ्जाको बिरुवामा भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।

बिरुवा गाँउपालिका–३ धोवादीमा ग १ झ ५९३९ नम्बरको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो ।

बिरुवा बजारबाट धवादीतर्फ गएको जीप हिजो रातिदेखि सम्पर्क विहीन थियो ।

आज बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।