
काठमाडौं– कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको हो । नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १९५ पुगेकाे छ ।

आज ९ सय २७ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
बिज्ञापन



नेपालमा कोरोनामुक्त हुनेको संख्या पनि उल्लेख्य छ । आज १ सय ६९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार २४२ रहेको छ ।
