
आजको २६, माघ २०७८ बुधबार, तदनुसार फेब्रुवरी ९ तारिक २०२२ । माघशुक्लपक्ष अष्टमी, बब करण, कृतिका नक्षत्र, ब्रह्मा योग चन्द्रमा वृष राशिमा रहेको छ । आज बुधाष्टमी व्रत र गोरखकाली पूजा भीष्माअष्टमी पनि भनिन्छ । आज बिहान सूर्योदय ६ः४८ भएकाे छ भने सूर्यास्त १७ः४९ मा हुनेछ ।

आज मध्यान्ह समय १२ः१९ देखि १ः४२ सम्म राहुकाल छ । राहुकाल भएको शुभ कार्य गर्नु हुँदैन । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ मानिन्छ । आजको देवता ब्रम्हा र ग्रहदेव मंगल रहेको छ । आर्थिक कारोबारका लागि बुधबारका दिन सामान्य तबरले शुभ मानिन्छ ।



मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन ठिकै छ। विद्या, पढ्नमा रुची बढ्नुका साथै विद्यालय सम्बन्धित क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुने योग छ। स्वास्थ्यमा समस्या आउने देखिएको छ। वैदेशिक क्षेत्रमा भने राम्रो छ। सहयोगीबाट सहयोग पाइने योग छ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : दिन राम्रै छ। आर्थिक क्षेत्रमा सहयोग मिल्नेछ। सामाजिक भन्दा पनि राजनीतिक क्षेत्रमा साथीभाइको बढी सहयोग मिल्नेछ। बिहान उठेर गणेश भगवानको स्मरण गर्नाले दिन ठिकै हुने योग परेको छ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : सामाजिक, आर्थिक र वैदेशिक क्षेत्रमा सामान्य रहे पनि शैक्षिक क्षेत्रमा भने निकै राम्रो छ। अध्ययन, अध्यापनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साहित बन्ने योग छ। भ्रातृ, भगिनी संस्थाबाट राम्रो सहयोग मिल्ला। ठूलाबाट सम्मान पाए पनि सानाबाट घृणा मिल्नेछ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : दिन राम्रो छैन। आफूले नसोचेको अभियोगको सामना गर्नुपर्नेछ। आफन्तबाट असहयोग हुनेछ। सबै क्षेत्र सामान्य रहे पनि वैदेशिक क्षेत्रमा भने दिन राम्रो छ। अफ्टेरो परेका काम प्नि सहज बन्नेछन्।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : दिन राम्रो छ। आफ्ना बुद्धिविवेकले गरेको काम हात लाग्नेछ, घाटा हुँदैन। तथापी व्यापार, व्यवसायबाट राम्रो आम्दानी छ। अध्ययन अध्यापनमा समेत सन्तोष रहनेछ। वैदेशिक रोजगारीमा ठगिने सम्भावना रहेकाले सतर्कता अपनाउनुहोला।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दिन राम्रो नै भन्नुपर्छ। सबैभन्दा पहिला आफ्ना बुवाआमाको दर्शन गरेर थालेका कामबाट सन्तोषजनक फाइदा हुनेछ। अध्ययन अध्यापनमा जोश जाँगर बढ्नेछ। प्रतिस्पर्धीले समेत स्वागत गर्नेछन्। स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रमा सामान्य रहे पनि आर्थिक क्षेत्र फलदायिक रहेको छ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : दिन ठिकै छ। आर्थिक क्षेत्रमा सतर्कता अपनाउनुहोला। सकभर कारोबार नगर्नु उपयुक्त। शिक्षा, स्वास्थ्यको क्षेत्रमा त्यत्ति राम्रो छैन। वैदेशिक र राजनीतिक क्षेत्रमा निकै राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट राम्रो नतिजा हात लाग्नेछ। राजनीतिमा दिन शुभ मानिएको छ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : दिन त्यत्ति राम्रो देखिँदैन। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा भने नसोचेको फाइदा हुने योग छ। लगानी गर्ने हो भने राम्रो परिणाम हात लाग्नेछ। अरु क्षेत्रमा भने सन्तोषजनक छन्।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : दिन राम्रो रहेको छ। तपाईले थालनी गर्दै गरेका कामबाट राम्रा संकेत देखापर्नेछ। आर्थिक, सामाजिक क्षेत्रमा सफल रहनेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो उपलब्धि हुनेछ। व्यापारमा ठूलो उन्नति हुने योग छ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : दिन सामान्य छ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्र सामान्य रहे पनि आर्थिक क्षेत्र राम्रो छ। पूराना लगानीसमेत उठ्ने सम्भावना छ। वैदेशिक लगानीमा घाटा हुने योग छ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : दिन राम्रो छ। बोलीको प्रभावले सबैलाई अचम्बित गराउनेछ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। अध्ययन अध्यापनमा गरेको लगानीबाट उल्लखेनीय सफलता मिल्नेछ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दिन राम्रो नै छ। कुटुम्बबाट सन्तोषजनक नतिजा पाइनेछ। गुरु र आमाबाट राम्रो मिल्नेछ। अन्य क्षेत्रमा धेरै आश नगर्नुहोला। ठूलो लगानी नगरेकै राम्रो।