
आईपीएल/इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौ जीत निकालेको छ ।

युएईको सारजाहमा भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।



कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए भने राहुल त्रिपाठी र आन्द्रे रसेलले १६–१६ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए भने मोहमद सिराज, नभदिप सैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन फिन्चले ४७, देवदुत पडीक्कलले ३२ रन बनाउँदा कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।
कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १–१ विकेट लिए । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेर तेस्रो स्थानमा समेत उक्लिएको छ । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा छ ।