सुदूरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप हुने

धनगढी- धनगढीमा सुदूरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब (बिवाइसी) महिला गोल्डकप हुने भएको छ ।

आयोजक वनदेवी युवा क्लब अत्तरियाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यहि बैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रंगशालामा आयोजना गरिने प्रतियोगिता संयोजक दुर्गा अधिकारीले बताए ।

बिज्ञापन

उनले अन्तर्राष्ट्रिय महिला टिमलाई समेत सहभागीता गराउने जानकारी दिए । प्रतियोगितामा बिभागिय टिम सहित ८ देखि १० ओटासम्म क्लबको सहभागीता रहने संयोजक अधिकारीले बताए ।

गोल्डकपको बिजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपबिजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैया पुरस्कार राशी प्राप्त गर्ने क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

त्यस्तै, प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भर उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैया प्रदान गरिने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष जोशीले बताए । उनले प्रतियोगिता संचालनका लागि करिब १ करोड रुपैया खर्च लाग्ने बताए ।