
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ ।
बिज्ञापन



अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण भएको छ ।
साताको पहिलो दिन आइतबार चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैँयाले बढेको छ ।
शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।