एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एमसीसीको विरोध गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि राप्रपाका जनवर्गीय संगठनहरूको आयोजनामा दिउँसो १२ बजेदेखि एमसीसीको विरोधमा प्रदर्शन गर्ने तय भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

राप्रपाले एमसीसी संशोधनविना पारित गर्न नहुनेमा जोड दिँदै आएको छ ।