रुसी हमलामा १४ बालबालिका सहित ३५२ युक्रेनीको मृत्यु

एजेन्सी । किभ-युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा १४ बालबालिका पनि छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् ।

बिज्ञापन

तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन् ।

त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ ।

रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो ।

युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन् ।

युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।