खारकिएभ शहर नजिकै हवाई हमला, दुई बच्चासहित ८ जनाको मृत्यु

एजेन्सी । युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो । यसैबीच युक्रेनले रुसले लगातार आवासीय इलाकालाई निशाना बनाइरहेको दाबी गरिरहेको छ । राजधानी किभबाहेक युक्रेनको अर्को एउटा प्रमुख शहर खारकिएभमा स्थिति असाध्यै तनावपूर्ण छ ।

खारकिएभ शहर दुई घण्टाको दुरीमा, दक्षिण पूर्वमा इजियम शहरमा दुई बच्चासमेत आठजनाको रुसी हवाई हमलामा मारिएको खबर छ । शहरका उप-मेयर वोलोदिमिर मोत्सोकिनले रुसको हवाई हमलामा सिटी सेन्टरलाई असाध्यै हानी भएको र एक सरकारी भवन हमलाको चपेटमा आएको जानकारी दिए । यसकारण थुप्रै प्रहरी अधिकारी घाइते भएका छन् ।

यसअघि आफ्नो सोसल मिडिया अकाउन्टबाट जानकारी सेयर गर्दै उनले आफ्नो अपार्टमेन्टको एक भवनमा बिस्फोटक पदार्थमार्फत् हमला भएको हो । यसमा थुप्रै सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।