लागु औषधसहित एक जना महिला पक्राउ

मकवानपुर : लागु औषधसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्पिन २५० एम्पुल गरी ७९८ एम्पुल लागुऔषध सहित नानीमाया खत्रीलाई पक्राउ गरेको हो ।

डेरामा लुकाइराखेको अवस्थामा फेला परेर उनलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार राति करिब ८ बजे नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको बकैया गाउँपालिका वडा–४ छतिवन घर भएर हाल हेटौंडा–१९, बस्तीपुरमा डेरा गरी बस्ने वर्ष २९ की नानीमाया खत्रीको डेरामा लागुऔषध बरामद गरेको हो ।

मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खत्रीलाई सार्वजनिक गरेका छन् ।