अभिनेत्री पुजा  शर्मा  भन्छिन् ,”कलाकारको ‘भ्यालु’ नबुझेर देश पछि पर्या हो” ।

काठमाडौं : अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । नाबालिकालाई क’रणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् ।

दोषी न’ठहरी कलाकारलाई ह’तकडी लगानु पनि आ’पत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्- ‘कलाकारको भ्यालु किन बुझेनौं है । जब पललाई लग्यो नि, उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी ह’तकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हाे । उ दोषी ठहरिएपछि त ह’तकडी लगाउ जे गर । यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’

कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्- ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो । त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’

१७ वर्षीया गायीकाले पलले यौ’न दु’र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हि’रासतमा छन् ।

प्रहरी हिरासतमा भएका पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा वि’ज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्  । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको च’रित्र ह’त्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ ।