बलिउड स्टार आमिर खान डिभोर्स गर्दै

बलिउड स्टार आमिर खानले डिभोर्स गरेका छन् । अभिनेता खान र उनकी पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन्। उनीहरु संयुक्त विज्ञप्ती जारी गर्दै १५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएको बताएका छन् ।

यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताएका छन्। विज्ञप्तीमा भनेका छन्, ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो ।’

बिज्ञापन

छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उनीहरुले जनाएका छन् । आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन् । आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन् ।