
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो ।प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।

लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको जानकारी दिएकाे थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको खबरमा उल्लेख छ ।एनएचकेको रिपोर्ट अनुसार आबे घाइते अवस्थामा बेहोस छन् । एम्बुलेन्सलाई राख्ने बेलासम्म उनलाई होस भएको पनि बताइन्छ ।आबेलाई गोली लागेपछि हृदयघातसमेत भएको खबर आइरहेको छ ।
बिज्ञापन



