रुस-युक्रेन संकट : अमेरिकी राष्ट्रपति वाइडेन पोल्याण्ड जाँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्ड जाने भएका छन् । युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासबारे छलफल गर्न उनी युरोप भ्रमणमा जान लागेका हुन् ।

यस हप्ता राष्ट्रपति बाइडेन ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।

उक्त भ्रमण नेटो सहयोगी, जी ७ नेता र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् ।

मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वार्सा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ। मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्ने कार्यक्रम छ।

मार्च २४ मा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न नेटो शिखर सम्मेलनमा भाग लिने जनाइएको छ।