
एजेन्सी । अमेरिकी सैन्य गठबन्धन नेटोले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र पार्न अहिले रुसी सेना पुनः एकजुट भइरहेको बताएको छ।

नेटोका महासचिव जेन्स स्टोल्टवर्गले भने, ‘रुस आफ्ना सेनालाई पुनः एकजुट गरिरहेको छ। रुसी सेनालाई हतियार उपलब्ध गराउने काम भइरहेको छ। सैनिकको संख्या पनि बढाउने काम भइरहेको छ।’



त्यस्तै बेलायतले रुस अहिले छिमेकी मुलुक जर्जियाबाट करिब १२ सय देखि २ हजार सैनिकलाई युद्धमा परिचालन गर्ने तयारीमा रहेको उल्लेख गरेको छ।

गत मंगलबार रुसले आगामी दिनमा युक्रेनमा आफ्नो आक्रमण कम गर्ने बताएको थियो। साथै डोनबासलाई स्वतन्त्र पार्ने कार्यमा आफ्नो ध्यान केन्द्रित गर्ने रुसले उल्लेख गरेको थियो। यद्यपि रुसले युक्रेनमा आफ्नो उद्देश्यमा कुनै परिवर्तन नगरेको नेटोका महासचिवले बताएका छन्।
नेटोले युक्रेनको राजधानी सहर किभ र अन्य ठूला सहरमा रुसी आक्रमणमा कुनै कमी नदेखिएको उल्लेख गरेको छ ।
आगामी दिनमा यो आक्रमण बढ्न सक्ने नेटोले चेतावनीसमेत दिएको छ।