जेलेन्स्कीले दुई शीर्ष सैन्य अधिकारीलाई देशद्रोही भन्दै पदबाट हटाए

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका दुई शीर्ष सैन्य अधिकारीलाई देशद्रोही भन्दै पदबाट हटाएका छन्।

शुक्रबार बिहानै जेलेन्स्कीले युक्रेन सुरक्षा सेवा विभागका प्रमुख नाउमोभ एन्द्री ओलेहोभिच र खेर्सनका सुरक्षा सेवा प्रमुख क्रिभोरुच्को सर्ही ओलेक्सान्द्रोभिचलाई पदबाट हटाएका हुन्।

राष्ट्रपति जेलेन्सीकले उनीहरुलाई गद्धार र देशद्रोहीको संज्ञा दिएका छन्। उनीहरु युक्रेनको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न र आफ्नो कर्तव्य निभाउन असफल भएको जनाइएको छ।

यसबाहेक अन्य केही विवरण सार्वजनिक गरिएको छैन। देशद्रोही र गद्धारको आरोप लागेका उनीहरुले रुसी सेनासँग मिलेमतो गरेको हुनसक्ने आशंका गरिएको छ।