
सिराहा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिराहाले स्थानीय तह निर्वाचन सम्बन्धी चार वटा समिति गठन गरेको छ ।
कांग्रेस सिरहाको बैठकले स्थानीय तह निर्वाचन परिचालन मूल समिति संयोजकमा उपसभापति सुनिलकुमार महतो, प्रचारप्रसार समिति संयोजकमा जिल्ला सचिव शैलेन्द्रकुमार यादव, अनुगमन समितिको संयोजकमा सहसचिव रामबाबु यादव र अन्तरपार्टी समन्वय समितिको संयोजकत्वमा समिति गठन गरेको छ ।
साथै जिल्लाले केन्द्रीय तालिकाअनुसार सबै तहलाई उम्मेदवारहरुको नामावली समयमै सिफारिस गरी पठाउन निर्देशनात्मक निर्णय पनि गरेको छ ।