उपत्यकाबाट बाहिर जान चाहेनलाई दुई दिनको समय दिने सरकारको निर्णय

सरकारले उपत्यकाबाट बाहिर जान चाहनेहरूलाई दुई दिनको समय सीमा दिएर बाहिर जान दिने भएको छ ।

 

रक्षा मन्त्रालयमा बिहीबार बसेको बैठकले भोलि र पर्सी उपत्यका बाहिर जान चाहनेलाई नरोक्ने निर्णय गरेको हो । बैठकले अलपत्र र अफ्ठ्यारो परेकाहरूलाई गृह जिल्ला जान दिने निर्णय भएको हो ।

 

लकडाउन लम्बिएपछि विभिन्न जिल्लाबाट काठमाडौंमा आएका मानिसहरू हिँडेरै गृह जिल्ला फर्किने क्रम बढेपछि सरकारले यस्तो निर्णय गरहेको हो । सरकारले कोरोना भाइरसको जोखिमलाई न्यूनीकरणका लागि तेस्रो साता लकडाउनको समय थपेपछि मानिसहरू हिँडेर काठमाडौंबाट बाहिरिने गरेका थिए ।