पाकिस्तानका प्रधानमन्त्री खानले गरे संसद विघटन सिफारिस

काठमाडौं — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार प्रधानमन्त्री खानले संसद विघटन गरेर चुनावको मिति घोषणा गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका हुन् ।

देशलाई सम्बोधन गर्दै खानले भने, ‘देशविरुद्ध यति ठूलो षड्यन्त्र भइरहेको थियो र आज असफल भयो ।

चुनावको तयारी गर्न जनतालाई आग्रह गर्दछु ।’ यसअघि खानविरुद्धको अविश्वास प्रस्ताव नेशनल एसेम्बलीका उपसभामुख कासिम खान सूरीले खारेज गरेका थिए ।

विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो ।