
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आन्तरिक गुटबन्दी र भागबन्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । जनताको मतबाट लेखिएको संविधान कम्युनिस्टहरुबाट च्यातिन सक्ने खतरा बढेको बताउँदै कोइरालाले संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आएको बताए ।
मोरङको बुढिगंगा गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसद पुनःस्थापना नभएसम्म कांग्रेसले सडक संघर्ष नछाड्ने बताए ।