नेपाली बजारमा सुनको मूल्य वृद्धि

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

बिज्ञापन

अघिल्लो दिन (बुधवार) यस्तो सुन प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीवार चाँदीको मूल्य प्रति तोला १ सय १ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार यस दिन चाँदी प्रति तोला १ हजार २ सय ३४ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।