
एजेन्सी । अमेरिकामा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। अमेरिकाको न्युयोर्कमा भएको सो गोलिकाण्डमा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए ।
अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।