प्रहरी कै अगाडि जलाइयो नेपालको संविधान

संसदको विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)को निर्णय विपरीत सोही पार्टीका कार्यकर्ताले जनकपुरधाममा संविधान जलाएका छन् ।

जनकपुरधामको जनक चोकमा राजपाको कोणसभा सम्पन्न गरी प्रमुख नेताहरु चोकबाट निस्किएलगत्तै केही युवाको समूहले संविधानको प्रति जलाएको हो ।

त्यसपछि उनीहरुले संविधानविरुद्ध नाराबाजीसमेत गरे । उनीहरुले अर्को संविधान बनाउन माग गरे ।

त्यही भीडको नजिकै रहेका सुरक्षाकर्मी संविधान जलाएर टुलुटुलु हेरेर बसे ।

राजपा नेपालले संविधानको विरोध गरे पनि संविधानको प्रति जलाउने कुनै निर्णय गरेको थिएन ।