आजको राशिफल : २०७९ साल वैशाख २ गते शुक्रबार

आज २ वैशाख, २०७९ शुक्रबार । तदनुसार अप्रिल महिनाको १५ तारिक २०२२। चैतशुक्लपक्ष चतुर्दशी, गर करण, उत्तरफाल्गुनी नक्षत्र,चन्द्रमा कन्या राशिमा छ । आज बिहान सूर्योदय ५ः४० भएकाे छ भने सूर्यास्त ६ः२९ मा हुनेछ। आजको देवता भूमि र ग्रहदेव केतु हुन् ।

बिहीबारदेखि नयाँ वर्ष सुरुवात भए पनि शनिबार पूर्णिमापछि मात्र वैशाख कृष्णपक्ष शुरु हुनेछ । शुक्रबार मनोरञ्जनात्मक कार्यका लागि समय खर्च हुने गर्छ । यात्राका लागि शुक्रबारको दिन शुभ हुनेछ ।

बिज्ञापन

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु मन्दिरमा यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । तपाईंको यात्रा निकै फलदायी हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट वृष राशिमा जातकका लागि अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । आजको दिन कसैप्रति अपमान हुने कुरा नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि साथ सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा खुसियाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु तपाईंको लागि आज निकै फलदायी रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको शुभ रहेको छ । त्यसैले आजको दिन तपाईंको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरूले तपाईंलाई अनावश्यक आरोप समेत लगाउन सक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । आध्यात्मिक यात्राले तपाईलाई फाइदा हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन कन्याहरूलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । आध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईंको कार्यमा सफलता मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातकका लागि ग्रहहरू बलिया छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमुलक यात्रा मात्र गर्नुहोला । सामूहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मानसम्मान मिल्ने छ । विहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन व्रत गर्दा तपाईंको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको सुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ ।