निलम्बित गर्भनर अधिकारी सर्वोच्चमा, कारबाही बदरको माग

काठमाडौं — नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन् ।

सरकारले गरेको निलम्बनको निर्णयविरूद्ध उनी आइतबार अदालत पुगेका हुन् ।

उनले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको माग सिन रिटमा गरिएको छ ।

सरकारले उनलाई चैत २५ गते गभर्नर पदबाट निलम्बन गरेको थियो ।