
नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ४ मा आफ्नै घर अगाडिको नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो ।
उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ गई अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।