सिट बाँडफाँडअघि प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाण्डौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।

बिहान ९ बजेपछि देउवा र प्रचण्डबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। पछिल्लो समय सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ। आजै सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक पनि बस्दैछ। सोहि बैठकअघि प्रचण्ड र देउवाबीच छलफल भएको हो।

बिज्ञापन