आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका  एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ र गण्डकी  प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ । 

सोमबार पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन छ।