
काठमाडौँ – जिम्बावेविरुद्धको एकदिवसीय सिरिज शनिबार (आज)देखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि शुक्रबार नेपाली टोलीको घोषणा गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’सँग ३ खेलको एकदिवसीय र ३ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ।
पहिलो खेल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। यस्तै दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ। टी–ट्वान्टी सिरिज भने वैशाख २३ देखि २६ सम्म चल्नेछ।
यो सिरिज ओडीआई र लिस्ट ए कुनै पनि मान्यता प्राप्त होइन। त्यसैले अभ्यास मात्रै मानिनेछ। यसमा नेपालको मुख्य ध्यान कमजोरी सुधारमा हुनेछ।
नेपाली टोलीमा सन्दीप लामिछानेसहित आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनील धमला, सुशन भारी, आदिल अन्सारी छन्।