भारतमा घट्यो संक्रमण, २४ घण्टामा ३७४ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।यो अवधिमा ४५ हजार २ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने ३७४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ११ लाख ७४ हजार ३२२ पुगेको छ।ती मध्ये ३ करोड ३ लाख ५३ हजार ७१० जना संक्रमणमुक्त भएका छन् भने ४ लाख १४ हजार ४ सय ८२ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ।

अहिले भारतमा ४ लाख ६ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।भारतले आफ्ना ४१ करोड १८ लाख ४६ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।