
फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले पहिलो दिन ३ करोडमाथि कमाएको छ।यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म प्रदर्शनको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो। ‘छक्कापञ्जा २’ को रेकर्ड तोड्दै ‘कबड्डी ४’ ठूलो ओपनर फिल्म बनेको हो।वितरक गोविन्द शाहीका अनुसार फिल्मले दुई दिनमा ६ करोड भन्दामाथि व्यापार गरेको छ।
समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ।फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।