अमेरिका गोली काण्ड- बाइडेन पुगे उल्भाडो, न्याय विभागले छानबिन गर्ने

काठमाडौं- अमेरिकाको टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको सामूहिक गोलाबारीमा २१ जनाको मृत्यु भएको घटनामा अमेरिकी न्याय विभागले छानविन गर्ने भएको छ। सामूहिक गोलाबारीमा १९ बालबालिका र दुई जना शिक्षकको ज्यान जानेगरी भएको प्रहरी प्रतिक्रियाको विभागले छानबिन गर्न लागेको बिबिसीले जनाएको छ।

बन्दुकधारीसँग फसेका बच्चाहरुले ९ सय ११ पटक कल गर्दासमेत अधिकारीहरु हलवेमा पर्खिरहेका कुरा बाहिरिएपछि स्थानीयहरु आक्रोशित भएका छन्।यसैबीच, आक्रमणबाट प्रभावित परिवारलाई भेट्न अमेरिकी राष्ट्रपति जो बाइडेन उभाल्डे पुगेका छन्। बाइडेनसँग फस्र्ट लेडी जिल बिडेनसँगै रोब इलिमेन्टरी विद्यालय स्मारकमा पुगेर प्रिन्सिपललाई सान्त्वना दिएको बीबिसीले उल्लेख गरेको छ। अमेरिकाले २०२२ को सुरुदेखि अहिलेसम्म २०० सामूहिक गोलीकाण्ड भएको