अर्थमन्त्रीमाथि संसदीय छानबिन हुने, ६ सदस्यीय समिति बन्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ ।एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो ।

समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले  जानकारी दिए ।संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ ।यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।