थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका २३ वटा प्रयोगशालमा गरिएको परीक्षणमा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका पछिल्लो २४ घण्टाको अवधिमा २३२ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोन संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टाको अवधिमा ३७२ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म ६ हजार ४१५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ५० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ ।