वीरगञ्जबाट भारततर्फ गइरहेको ट्रकमा २७० केजी गाँजा सहित पक्राउ

काठमाडौं। वीरगञ्जबाट भारततर्फ गइरहेको ट्रकमा २७० केजी गाँजा भेटिएको छ ।वीरगञ्ज उपमहानगरपालिका– २१ परवानीपुरबाट भारततर्फ गइरहेको भारतीय नम्बरको ट्रकमा गाँजा भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

चालक बस्ने क्याबिनमा उक्त गाँजा लुकाइएको अवस्थामा बरामद भएको हो । प्रहरीले ट्रकसहित चालक र अर्का एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै भारतीय नागरिक हुन् ।